काठमाडौं– धितोपत्रको दोस्रो बजारको तथ्यांकीय सूचक नेप्सेमा सामान्य अंकको वृद्धि देखिँदा कारोबार रकम भने उच्च हुन पुगेको छ । नेप्से परिसूचक ६.३७ बिन्दुले बढेर २१२१.६२ को अंकमा कायम भएको छ ।
आज ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता धितोपत्र ७४ हजार ८५८ पटक खरिदबिक्री हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह ०.१८, जलविद्युत् समूह ०.६१, निर्जीवन बीमा ०.४८ र व्यापार समूह ०.३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह १.०७ प्रतिशतले बढेको छ । बैंकिङ ०.८३, विकास बैंक ०.११, लगानी ०.१२, जीवन बीमा ०.१७ र उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशतले बढेको छ ।
लघुवित्त ०.८८, म्युचुअल फन्ड ०.३३ र अन्य समूह ०.३४ प्रतिशतले बढेको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.४८ प्रतिशतले घटेको छ ।
कारोबार भएको धितोपत्र संख्याका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड ६३ लाख ६० हजार ४९१ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्या आधारमा भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको ९ लाख ५१ हजार २०७ कित्ता सेयर किनबेच भएको छ ।









