काठमाडौं– आइतबार प्रधानमन्त्री नियुक्त भएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुले सोमबारै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

नवगठित मन्त्रिमण्डलमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणा देउवाले परराष्ट्र मन्त्रालय पाएकी छिन् ।

ओलीले प्रधानमन्त्री पदको शपथग्रहण पनि सोमबार नै गरेका थिए ।

राष्ट्रपति कार्यालयका अनुसार मन्त्रीहरुको कार्यविभाजन यस्तो छः
१. केपी शर्मा ओली – प्रधानमन्त्री
२. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल – उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
५. रमेश लेखक – गृह
६. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
७. आरजु राणा देउवा – परराष्ट्र
८. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
९. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१०. दामोदर भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी – युवा तथा खेलकुद
१३. प्रदीप यादव – खानेपानी
१४. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
१५. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१६. बद्रिप्रसाद पाण्डे – पर्यटन, संस्कृति तथा नागरिक उड्डयन
१७. रामनाथ अधिकारी– कृषि
१८. विद्या भट्टराई – शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई – रक्षा
२०. दीपक खड्का – जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी – वन तथा वातावरण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय