काठमाडौं– काठमाडौंको बजारमा एक तोला सुनको झन्डै डेढ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले मूल्य बढदा बुधबार एक तोला सुनको मूल्य १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको छ ।
उपत्यका बाहिरको बजारमा त छापावाल सुन तोलाको मूल्य १ लाख ५० हजार ३०० रुपैयाँसम्म पुगिसकेको छ ।
बुधबारको मूल्य अहिलेसम्मकै उच्च हो । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।









