काठमाडौं– नेपाली धितोपत्रको दोस्रो बजारमा पहिलोपटक एक कित्ता सेयर ५० रुपैयाँभन्दा बढी मूल्यमा किचबेच भएको छ ।
बिहीबार युनिलिभर नेपाल लिमिटेडको सेयर ५२ हजार ९९९ रुपैयाँसम्ममा किनबेच भएको छ । अघिल्लो दिन यो कम्पनीको सेयर ४९ हजार २५० रुपैयाँसम्ममा कारोबार भएको थियो ।
कम्पनीको हालै सम्पन्न साधारणसभाले अधिकृत पुँजी बढाएर २ अर्ब १४ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको थियो । कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ छ । चुक्ता पुँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । न्यून चुक्ता पुँजी भए पनि कम्पनीले हरेक वर्ष प्रतिसेयर हजार रुपैयाँभन्दा बढी नगद लाभांश दिँदै आएको छ ।
पछिल्लो साधारणसभाले अधिकृत पुँजी वृद्धि गर्ने निर्णय पारित गरेपछि कम्पनीले बोनस सेयर दिएर चुक्ता पुँजी वृद्धि गर्ने अनुमानका कारण कम्पनीको सेयर मूल्य बढिरहेको हो ।
युनिलिभर नेपाल लिमिटेडपछि उच्च मूल्यमा सेयर कारोबार हुने कम्पनी बोटलर्स नेपाल लिमिटेड हो । बोटलर्स नेपाल लिमिटेड बालाजुको सेयर बिहीबार साढे २ बजेटतिर १६ हजार ९०० रुपैयाँ हाराहारीमा किनबेच भइरहेको छ ।









