काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा प्रस्थान गर्ने क्रममा सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’बाट पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा संकलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिएका छन् । उनले संकलित शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको गरिएको बताए ।

प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ । ती व्यक्ति जहाजका पाइलट मनीषरत्न शाक्य भएको बुझिएको छ ।

सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जान लागेको थियो । उक्त दुर्घटनाका कारण त्रिभुवन विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय