काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीवारका लागि छापावल सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ तोकेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार ४०० रुपैयाँ कम हो ।

चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीवारका लागि तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ७५० रुपैयाँ तोकिएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर