काठमाडौं– धितोपत्रको दोस्रो बजार नेप्सेमा आइतबार दोस्रोपटक सर्किट लागेपछि ४० मिनेटको लागि कारोबार बन्द भएको छ।
बजार खुलेको पहिलो १ मिनेट ३३ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेको थियो । त्यसपछि २० मिनेट बन्द भएर खुलेको बजारमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो।
मौद्रिक नीतिपछि नेप्सेमा सकारात्मक प्रभाव देखिएको छ।









