भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सम्पन्न कक्षा १२ को अन्तिम परीक्षाको नतिजा प्रकाशित गरेको छ । यसपालि नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएको र ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएको बोर्डले जानकारी दिएको छ ।

नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये २ लाख ३ हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन् । २०७६/७७ मा भर्ना भएका ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

शुक्रबार बसेको बोर्ड बैठकले नतिजा वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । यो वर्ष पहिलोपटक स्वचालित छनोट प्रणाली प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो ।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा सफ्टवेयर बनाई पहिलो पटक काठमाडौं जिल्लाका परीक्षा केन्द्र स्वचालित विधिबाट छानिएको थियो ।

बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार परीक्षा सञ्चालन गर्दै आएको छ । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ । ३५ प्रतिशत अंक भन्दा कम आउने विद्यार्थीको नतिजा एनजी आउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय