काठमाडौं– वाणिज्य बैंकहरुको औसत लाभांश क्षमता अघिल्लो वर्षको तुलनामा घटेको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार उनीहरुको औसत लाभांश क्षमता ५.८५ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा उनीहरुको औसत लाभांश क्षमता ९.६५ प्रतिशत थियो ।

गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा बढी लाभांश दिन सक्ने क्षमता एभरेष्ट बैंकसँग छ । एभरेष्ट गतवर्षको मुनाफाबाट मात्रै २९.८६ प्रतिशत लाभांश वितरण गर्न सक्छ । दोस्रो नम्बरमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता २६.५ प्रतिशत छ ।

आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण अनुसार सो वर्ष कमाएको मुनाफाबाट लाभांश वितरण गर्नै नसक्ने अवस्थामा चारवटा बैंक छन् ।

कुमारी, हिमालयन, एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गतवर्षको नाफाबाट लाभांश वितरण गर्न सक्दैनन् । यी चारवटै बैंकको लाभांश क्षमता ऋणात्मक छ । अघिल्लो आर्थिक वर्ष पनि यी बैंकले लाभांश वितरण गर्न सकेका थिएनन् । एनआइसी एसिया बैंकसँग भने गतवर्ष ३०.५६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता थियो । तर नियामकीय प्रावधानका कारण यसका सेयरधनीले लाभांश पाउन सकेका थिएनन् ।

यस्तै नबिल बैंकको १४.२६ प्रतिशत, नेपाल एसबीआईको १०.७६ प्रतिशत र सानिमाको १०.४ प्रतिशत लाभांश क्षमता छ । अन्य ११ बैंकको लाभांश क्षमता एकल अंकमा छ । एकल अंकमा लाभांश दिन सक्ने क्षमता भएका बैंकहरुले पनि गत असार मसान्तसम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्न भने सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय