काठमाडौं– सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य मंगलबार तोलामा २३०० रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला १ लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला १ लाख ४७ हजार ७०० निर्धारण भएको छ ।

तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ६० ले घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७८५ मा कारोबार भएकामा आजका लागि १ हजार ७२५ निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय