काठमाडौं– धितोपत्रको दोस्रो बजारमा मंगलबार पहिरो गएको छ । यस दिन धितोपत्र बजारको तथ्यांकीय मापक नेप्से १४५.०५ अंकले ओरालो लागेको छ ।

धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार बजार बन्द हुँदा नेप्से २६५१ बिन्दुमा कायम भएको छ ।
कारोबार भएका १३ वटै उपसमूहको धितोपत्र मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अंकले ओरालो लागेर ४६४ दशमलव ५६ बिन्दुमा मा कायम भएको छ ।

यस दिन ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता धितोपत्र २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँमा किनबेच भएको छ । मंगलबारको कारोबार रकम हालसम्मकै धेरै हो ।

नेप्सेका अनुसार घटेको बजारमा थ्री स्टार हाइड्रोपावरको सयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । तयसैगरी कुथेली बुखारी स्मल हाइड्रोपावरको ९.९७, लक्ष्मी भ्यालु फन्ड–दोस्रो ३.९४, मेगा म्युचुअल फन्ड पहिलो ३.८१ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले ३.१६ प्रतिशतले कमाएका छन् ।

नेपाल फाइनान्स, गुर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या मार्इ हाइड्रोपावर र एनआरएन इन्फास्ट्रक्चरको धितोपत्र मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय