काठमाडौं– विगगत ७ वर्षदेखि प्रविधि क्षेत्रमा काम गरिरहेको कम्पनी जुनेली इंकले नयाँ प्रोडक्ट जुनेली ट्रेडिङ अकाउन्टिङ सफ्टवेयर बजारमा ल्याएको छ  । पूर्ण परीक्षणपछि बजारमा प्रवेश गरेको यो प्रोडक्टले प्रयोगकर्तालाई पारदर्शी र शुद्धता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

साना तथा ठूला सबै व्यवसायको लागि उपयोगी यो सफ्टवेयर विशेष गरी मार्ट, पसल, हार्डवेयर, सुपरमार्केट, होटेल, रेस्टुरेन्ट, क्यान्टिन र म्यानुफ्याक्चिरङ कम्पनीहरुको लागि उपयुक्त छ ।

यसका अन्य विशेषताहरुमा दक्षता, शुद्धता, पहुँच, अनुकूल, पूर्ण परीक्षण भएकोले प्रयोगकर्ताले ढुक्कसँग यो प्रोडक्टको सुविधा लिन सक्ने बताइएको छ ।

लन्चिङ अवधिमा २०८१ मंसिर १५ सम्मको लागि २० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर