डुम्रे (तनहुँ)– जिल्लाको आँबुखैरेनीस्थित ऐना पहारा क्षेत्रमा शुक्रबार बिहान साढे ११ बजेतिर भारतीय बस मर्स्याङ्दीमा नदीमा खसेको छ ।
पोखराबाट काठमाडौंका लागि छुटेको उक्त बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायले घटनास्थलमा उद्धारको काम भइरहेको जानकारी दिएका छन् । दुर्घटनाको कारण खुल्न र क्षतिको विवरण आउन बाँकी छ । घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगिसकेको प्रहरीले जानकराी दिएको छ।
सामाजिक सञ्जालबाट बाहिरिएको भिडियोमा आधाजति भाग खोलामा डुबेको बसबाट प्रहरीले घाइते र मृतकलाई बाहिर निकालिरहेको देखिन्छ ।









