काठमाडौं– यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अंकको गिरावट देखिएको छ । आइतबार ७९ दशमलव ८८ अंकले घटेको सेयर परिसूचक नेप्से मंगलबार १११.९६ अंकले घटेर २७८२.६० को बिन्दुमा कायम भएको छ ।

आज नेप्से परिसूचक ३.८६ प्रतिशतले घटेको हो । आज ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर दुई लाख ३४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

होटल तथा पर्यटन समूह ०.४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैंकिङ ४.९२, विकास बैंक ४.१८, वित्त ४.६९ र लगानी समूह ४.१३ प्रतिशतले घटेको छ ।

त्यस्तै, जलविद्युत् ३.९६, जीवन बीमा ३.६५, उत्पादन तथा प्रशोधन २.९३, लघुवित्त २.९६, म्युचुअल फन्ड १.०९, निर्जीवन बीमा २.४५, व्यापार २.१६ र अन्य समूह ३.८५ प्रतिशतले घटेको छ ।

यस दिन तारागाउँ रिजेन्सी होटल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ती पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक र नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६५ करोड ४२ लाख ९ हजार ५८२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याको आधारमा भने अपि पावर कम्पनी लिमिटेडको १४ लाख ५९ हजार ४५० कित्ता किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय