काठमाडौं– इन्धन विक्रीमा एकाधिकार पाएको नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले भदौ १६ गते बिहानबाट लागू हुने गरी पेट्रोलको २ रुपैयाँ डिजेल र मट्टीतेलको १ रुपैयाँ तथा आन्तरिक हवाई इन्धनको ५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको हो । अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य भने प्रतिकिलोलिटर ३७ अमेरिकी डलरले घटाएको निगमले शनिवार साँझ विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

अब काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँमा पाइनेछ । सुर्खेत र दाङमा १६२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजेल र मट्टीतेलको लागि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङमा १५३ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५४ रुपैयाँ तिर्नुपर्नेछ ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पनि घटाएको हो । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आए पनि मूल्य नबढाएको निगमको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय