काठमाडौं– कत्था उत्पादकहरुको छाता संगठन नेपाल कत्था उत्पादक संघको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले संघको अध्यक्षमा शिवप्रसाद घिमिरेलाई निर्विरोध निर्वाचित गरेको छ ।

यस्तै, उपाध्यक्षमा विजयकुमार गुप्ता, महासचिवमा कुमार रोक्का क्षेत्री, कोषाध्यक्षमा ओमप्रकाश अग्रवाल र सदस्यहरुमा क्रमशः केशवकुमार कार्की, विनोदकुमार अग्रवाल, दिलिपकुमार अग्रवाल, मोहितकुमार जैन र प्रशान्त अग्रवाल निर्वाचित भएका छन् ।

देशभर छरिएर रहेका कत्था उत्पादकहरुको छाता संस्थाको रुपमा २०७८ मा स्थापित यस संघमा ११ ठूला उद्योगहरु आबद्ध रहेका छन् ।
वस्तु निकासीमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको कत्था उद्योगले हजारौंलाई रोजगारी प्रदान गरिरहेको छ ।

गत आर्थिक वर्षको तथ्यांकअनुसार नेपालबाट २ अर्ब १२ करोडको कत्था निर्यात गरेको छ भने कुल निकासी व्यापारमा यस क्षेत्रको १.४ प्रतिशत योगदान रहेको छ । स्वदेशी कत्था उद्योगहरुले भारत, बंगलादेश, पाकिस्तान लगाएतका छिमेकी मुलुकहरुमा उत्पादन निर्यात गर्दै आइरहेका छन् ।

शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग भएकोले यसको सम्बर्द्धन र प्रवर्द्धनमा राज्यको अहं भूमिका रहने संघका नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय