काठमाडौं– नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने बताए ।

बैठकमा जेटीयूसीसीका अध्यक्ष योगेन्द्र कुंवरले गत मंसिरमा भएको समझदारीको समीक्षा गर्नुका साथै आगामी दिनहरुमा आउन सक्ने चुनौतीको दुईपक्षीय रूपमा न्यूनीकरणका उपाय पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानुपर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिका बढाउदै जानू जरुरी रहेको बताए ।

यस्तै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडि बढ्ने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए । द्विपक्षीय समझदारीको विषयलाई सम्झना गर्दै त्यसमा उल्लेख गरिएका कार्यक्रमहरुलाई दुईपक्षीय रुपमा कार्यसमिति निर्माण गरी अगाडि बढ्न् जरुरी रहेको बताए ।

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायत आधारमा न्यूनतम पारिश्रमिक निर्क्योल गर्नुपर्ने विषयमा छलफल गर्न बैठक आयोजना हुनुपर्नेमा जोड दिइन् । साथै, दुइपक्षीय रूपमा समाधान हुन सक्ने कुनै पनि समस्या सरकारमा जानुभन्दा अगाडि दुई पक्षका बीच छलफल हुनुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय