काठमाडौं— नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ नामको विशेष छुट योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुने कम्पनीको विज्ञपितमा उल्लेख छ ।

यो योजना चाडपर्वको अवधिभर लागू हुने बताइएको छ । ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन् । जसअन्तर्गत १ वर्ष निःशुल्क बीमा, निःशुल्क ३ वर्षको सडक कर, निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टि र १५ लाख रुपैयाँसम्म छुटबाट लाभान्वित हुन सकिने बताइएको छ ।

कम्पनीका अनुसार निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाका साथै ८०५ सम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’को लाभ लिन पाइन्छ । त्यसैगरी, निसान एक्स(ट्रेलमा फेस्टिभ डिल योजनाका सबै लाभ प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन पाइने बताइएको छ ।

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ । यी सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय