काठमाडौं– लगातार ओरालो लाग्दै आएको सेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अंकले उकालो लागेर २६८८.३८ मा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.४० अंकले उकालो लागेर ४७८.४८ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज १२ उपसमूहको सेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको मूल्य भने घटेको छ ।

१ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार विन नेपाल लघुवित्त, ग्रिन भेन्चर्स लिमिटेड, इस्टर्न हाइड्रोपावर, रावा इनर्जीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एसियन हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् ।

थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्म्क सर्किट लागेको छ । सानिमा लार्ज क्याप फन्ड ८.४९, आरबिबी म्युचुअल फन्ड दोस्रो ४.०१, सनराइज फस्ट म्युचुअल फन्ड ३.७१ र सानिमा ग्रोथ फन्डका लगानीकर्ताले ३.६५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर