काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ५६ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ७९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ८६० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय