काठमाडौं– डिजिटल भुक्तानी नेटवर्क फोनपेले ‘सुपर यात्रा’ अभियानको घोषणा गर्न पाउँदा उत्साहित छ। दसैं र तिहार नजिकिँदै गर्दा यो अभियानले हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
सुपर यात्रा अभियानमा नयाँ प्रयोगकर्ताले पहिलो हवाई टिकट बुकिङमा ३०० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने बताइएको छ । साविकका प्रयोगकर्ताहरूले भने टिकट खरिदमा २०० क्यासब्याकको लाभ लिन सक्ने बताइएको छ ।
यी क्यासब्याक प्रस्तावहरूको अतिरिक्त, फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ। एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन्, र हरेक हप्ता, पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
‘दसैं र तिहार नेपालमा प्रमुख यात्रा सिजन हुन्। ‘सुपर यात्रा’ अभियानमार्फत, हामी हाम्रा ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न चाहन्छौं,’ फोनपेका सीएसओ सुभोद शर्माले भने। ‘क्यासब्याक प्रोत्साहन र गिफ्टहरूको माध्यमबाट, हामी ग्राहक सन्तुष्टि बढाउन र थप प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी अपनाउन प्रोत्साहित गर्न चाहन्छौं।’









