काठमाडौं– सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार प्रतितोला १ लाख ५८ हजार ८०० कारोबार भएका आजका लागि १ लाख ५९ हजार २०० निर्धारण भएको छ । शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै १ हजार ७०० रुपैयाँले वृद्धि भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला १ हजार ९२० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ









