काठमाडौं– सरकारले औद्योगिक प्रयोजनको लागि सुपारी, मरिच र केराउ आयात गर्न अनुमति दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज ७ गतेको राजपत्रमा सूचना प्रकाशित गरी औद्योगिक प्रयोजनका लागि ती वस्तु आयात गर्न पाइने जानकारी गराएको छ । औद्योगिक प्रयोजनका लागि बाहेक यी वस्तु आयात गर्न पाइँदैन ।

सरकारले २०७६ चैत २४ गते यी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धयता पटके निर्णयका आधारमा यी वस्तु आयात हुँदै आएको छ ।

आलोचकहरु यी तिनै वस्तु औद्योगिक प्रयोजनको नाममा आयात गरेर भारतमा तस्करी हुने गरेको दाबी गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय