काठमाडौं– संघीय राजधानी काठमाडौंको बाग्मती, विष्णुमती, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन् । सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ ।
प्रहरीले नदी करिडोर तथा डुबान हुन सक्ने सबै क्षेत्रमा सचेत गराएको प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । ‘नेपाल प्रहरीका टोली देशभरि नै परिचालित भएका छन्, प्रहरीको सम्पूर्ण ध्यान अलिहेको विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नेमा केन्द्रित छ,’ उनले भने ।
मुलुकभर निरन्तर वर्षाको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ ।









