काठमाडौं– बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी १०१ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर ७, सिन्धुपाल्चोक ६, सोलुखुम्बु ५, पाँचथर ५ र भक्तपुर ५ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २, रामेछापमा १, झापामा १, उदयपुरमा १, इलाममा १, सप्तरीमा १ र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएको तथा हालसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय