काठमाडौं– नेपालले बंगलादेशलाई बिजुली बेच्ने सम्बन्धी त्रिपक्षीय सम्झौता भोलि (असोज १७ गते) हुने भएको छ ।

नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार र विद्युत्सँग सम्बन्धित विषयमा छलफल गर्न सन् २०१८ मा स्थापना भएको संयुक्त कार्यदलको संयन्त्रको काठमाडौंमा संलग्न छैठौं बैठकमा यही असोज १७ गते नेपाल–भारत–बंगलादेशबीच हुन लागेको त्रिपक्षीय ऊर्जा सम्झौता, नेपाल र बंगलादेशबीचको ऊर्जा विकासका सम्भावनाका विविध विषयमा छलफल भएको कार्यदलका संयोजक एवं ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चीरञ्जीवी चटौतले जानकारी दिएका छन् ।

नेपाल र बंगलादेशका सहसचिवले नेतृत्व गर्ने संयुक्त कार्यदल (जेडब्लुजी) ले गरेको निर्णयबारे बुधबार सचिवले नेतृत्व गर्ने संयुक्त निर्देशक समिति (जेएससी)को बैठकमा पेस गरिनेछ ।

नेपाल, भारत र बंगलादेशबीच असोज १७ गते त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । बंगलादेशले पहिलोपटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देश लैजान लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय