
काठमाडौं– बझाङ उद्योग वाणिज्य संघले जिल्लामा लाग्ने ऐतिहासिक मेलाको अवसर पारेर अन्तरपालिका देउडा प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जयपृथ्वी नगरपालिका वडा नम्बर १० मा लाग्ने ऐतिहासिक सिलदेवी मेलाको अवसरमा संघले कात्तिक १ गतेदेखि देउडा प्रतियोगिता गर्न लागेको हो ।
संघले सबै पालिकालाई देउडा प्रतियोगितामा टोली पठाउन आग्रह गरेको छ । प्रतियोगितामा पहिलो हुने टोलीलाई ३० हजार, दोस्रोलाई २० हजार तेस्रोलाई १० हजार र सान्त्वना पुरस्कार ५ हजार नगद हुने संघको सूचनामा उल्लेख छ ।