झापा– मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको बताए ।

अभियुक्त राई २०७८ मंसिर ३ गते पत्नी शर्मिला तामाङ राईको हत्या गरी फरार भएको प्रहरीको दाबी छ । इन्टरपोलले अभियुक्त राईको पक्राउका लागि २०८१ जेठ ३२ गते रेड नोटिस जारी गरेको थियो ।

‘हत्या लगत्तै प्रहरीले अभियुक्त राईलाई खोजी गरिरहेको थियो,’ जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दले भने, ‘कतारमा लुकिछिपी बस्दै आएको थाहा पाएपछि इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गराइएको थियो ।’

धुलावारी इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यानसम्बन्धी मुद्दाका अभियुक्त राईमाथि थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय