काठमाडौं– नबिल बैंकले यसपालि इतिहासकै सबैभन्दा कम लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
पछिल्लो २१ वर्षमा बैंकले यति कम लाभांश वितरण गर्न लागेको पहिलोपटक हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीको खातामा घोषित लाभांश प्राप्त हुनेछ ।

अघिल्लो आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट बैंकले गत वर्ष ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । ती दुई आव बाहेकका वर्षहरुमा भने बैंकले ३० प्रतिशतभन्दा कम लाभांश वितरण गरेको छैन। सेयरधनीलाई सधैं उच्च लाभांश दिएकै कारण एक वर्षअघिसम्म दोस्रो बजारमा नबिल बैंकको सेयर मूल्य अरुको तुलनामा बढी थियो ।

आर्थिक वर्ष २०७८–७९० मा भने नबिलले ११.५ प्रतिशत नगद लाभांश र १८.५ प्रतिशत बोनस सेयर दिएको थियो । आव २०६०–६१ यता नबिल बैंकले यति कम लाभांश बाँडेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर