काठमाडौं– सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न बिग मार्ट (मेगा मार्ट प्रालि) सँग छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्डमार्फत बिग मार्टमा भुक्तानी गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ । यो अफर कात्तिक १५ देखि १८ गतेसम्म लागू हेन बताइएको छ ।

सानिमा बैंकले देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएममार्फत सेवा दिइरहेको छ । बैंकले यसैगरी ग्राहकलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय