काठमाडौं– सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । बुधबार प्रतितोला २ हजार २०० रुपैयाँले बढेर १ लाख ७० हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि १ लाख ७१ हजार रुपैयाँ निर्धारण भएको छ। बुधबारको तुलनामा बिहीबार प्रतितोला ३०० रुपैयाँले सुनको मूल्य बढेको हो ।
यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २ हजार १२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि २ हजार ९० रुपैयाँ तोकिएको छ ।









