काठमाडौं– पछिल्ला केही दिनयता घटिरहेको सुनको भाउ बिहीवार पनि २ हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबारका लागि १ लाख ६० हजार रुपैयाँ तोकेको छ ।
चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ९४० मा कारोबार भएको चाँदीको मूल्य बिहीवारका लागि १ हजार ९०५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।
तोलाको १ लाख ७१ हजार रुपैयाँसम्म पुगको सुनको मूल्य पछिल्ला केही दिनदेखि घटिरहेको छ । गएको कात्तिक २३ देखि सुनको मूल्य लगातार घटिरहेको छ । कात्तिक २३ गते छापाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँ थियो ।









