
काठमाडौं– सरकारले उखुको समर्थन मूल्य तोकेको छ । सरकारले अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँ बढाएर मूल्य तोकेको छ ।
मन्त्रिपरिषद्को बिहीवारको बैठकले चिनी मिलहरुले किसानलाई उपलब्ध गराउने मूल्य प्रतिक्विन्टल २० रुपैयाँ बढाएको हो । यस अनुसार अब किसानले चिनी मिलबाट प्रतिक्विन्ल ५८५ रुपैयाँ पाउनेछन् ।
सरकारले उखु किसानलाई दिने अनुदानबारे भने निर्णय हुन बाँकी छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरी अनुदान बापत दिने रकम पछि तोक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
यसअघि सरकारले किसानलाई उखुमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।