काठमाडौं– छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
मंसिर १९ गते बुधवार बसेको कम्पनी सञ्चालक समिति बैठकले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
यो वर्ष कम्पनीले ८ प्रतिशत बोनस र ७ प्रतिशत नगद (कर समेत) लाभांश दिने भएको हो ।
प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।