काठमाडौं– नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्तकुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेको नागरिक लगानी कोषले जानकारी दिएको छ ।
इर्खुवा हाइड्रोले प्रतिसेयर १०० रुपैयाँ दरका २८ लाख ५ हजार ७५० कित्ता सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिना हुने विज्ञप्तिमा उल्लेख छ ।









