काठमाडौं– आइसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट नगद वितरण गर्ने भएको छ ।

मंगलबार बिहान सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसमा नगद लाभांशमा लाग्ने कस समेत समावेश छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीको बैंक खातामा घोषित नगद लाभांश आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय