काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार १०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ तोकिएको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
मंगलबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको छ । आजका लागि चाँदीको भाउ प्रतितोला १ हजार ९२५ रुपैयाँ तोकिएको छ । सोमबारको बजारमा चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।









