
काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ ।
सोमबार प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा खरिदबिक्री भएको प्रतितोला सुन आज १ लाख ५८ हजार १०० मा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला १५ रुपैयाँले महँगिएको छ । सोमबार प्रतितोला १ हजार ८६० मा खरिदबिक्री भएकामा आज १ हजार ८७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २४.५६ अमेरिकी डलर बढेर २ हजार ७२७.७६ अमेरिकी डलर कायम भएको छ ।