काठमाडौं– नेपाल राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनी गरी १५ संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई कारबाही गरेको छ ।

सहुलियत कर्जा दुरुपयोग गरेको भेटिएपछि केन्द्रीय बैंकले गरिमा विकास बैंंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, सप्तकोशी विकास बैंक, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनानस, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका सीईओलाई कारवाही गरेको हो ।

उनीहरुले चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा कर्जा दुरुपयोग गरेको राष्ट्र बैंकको भनाइ छ । ‘यसरी सहुलियत कर्जा दुरुपयोग गर्ने ७ विकास बैंक र ८ वित्त कम्पनीका सीईओलाई सचेत गराएका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय