काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला १ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला १ हजार ८७५ रुपैयाँमा खरिद बिक्री भएको चाँदीको भाउ शुक्रबारका लागि प्रतितोला १ हजार ८८० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय