काठमाडौं– नेपाली बजारमा मंगलबार, सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्इ प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँ तोकिएको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य मंगलबार प्रतितोला १५ रुपैयाँले घटेको छ । मंगलबारका लागि चाँदीको भाउ प्रतितोला १ हजार ८३५ रुपैयाँमा तोकिएको महासंघको भनाइ छ । सोमबार चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय