काठमाडौं– सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य १ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८०० मा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३० बढेर १ हजार ९१५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय