काठमाडौं– आगामी वर्ष २०८२ मा बिहेको साइत ३९ दिन निस्केको छ । सूर्य पञ्चांगका अनुसार आगामी वर्ष सबैभन्दा धेरै बिहेको साइत वैशाखमा छ । वैशाखमा १२ दिन बिहेको साइत जुरेको छ ।

त्यसैगरी जेठमा ८ दिन, मंसिरमा ७ दिन, माघमा ३ दिन र फागुनमा ९ दिन बिहेको साइत रहेको पञ्चांगमा उल्लेख छ । असारमा भने एक दिन पनि बिहेको साइत छैन ।

पछिल्लो समय पञ्चांगमा साइत उल्लेख नभएका दिन पनि बिहे गर्ने चलन बढेको छ । आवश्यकताका आधारमा जुनसुकै महिना र दिनमा बिहेको साइत निकाल्ने गरे पनि पञ्चांगअनुसारको साइतमा बिहे गर्नु राम्रो मान्नेहरु पनि छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय