काठमाडौं– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ७०० रुपैयाँले सस्तिएको हो ।

मंगलबार प्रतितोला सुन १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ६७ हजार ५०० रुपैयाँ मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले सस्तिएको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य १ हजार ९३० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय