काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला सुन १ लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य १ लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ निर्धारण गरिएको छ ।









