
काठमाडौं– नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । डिजेल र मट्टीतेल भने सस्तिएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । डिजेल तथा मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँ घटेको छ ।
इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्य आइतबार बिहानैदेखि लागू हुनेछ ।
निगमका अनुसार नयाँ मूल्यअनुसार आइतबारदेखि काठमाडौंमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्नेछ ।