काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई आकर्षक बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनी सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २६.९८४१ प्रतिशतका दरले बोनस सेयर र सोमा लाग्ने कर बापत १.४२०२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय