काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठान र नेपाल उद्योग परिसंघबीच नीतिगत विषयमा सहकार्यको समझदारी भएको छ ।

नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिँदै आएको प्रतिष्ठान र उत्पादनमूलक एवं सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्था परिसंघबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो ।

समझदारीपत्रमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष लेखनाथ शर्मा र परिसंघको तर्फबाट महानिर्देशक घनश्याम ओझाले बिहीबार हस्ताक्षर गरेका छन्।

हस्ताक्षरपछि उनीहरूले प्रतिष्ठान र परिसंघको सहकार्यबाट समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय