वीरगञ्ज– वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको ७ महिनामा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु निर्यात भएको छ ।

गत वर्षको ७ महिनाको तुलनामा चालु वर्ष सोही अवधिमा नाकाबाट हुने निर्यात दोब्बरभन्दा माथि पुगेको छ । गत वर्ष ७ महिनामा यो नाका हुँदै १७ अर्ब ७ करोड ९५ लाख ६० हजार रुपैयाँ मूल्यको वस्तु विदेश निर्यात भएको थियो ।

मुलुकभर रहेका साना–ठूला २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सार नाकाबाट भएको निर्यातको हिस्सा भने ३१.७२ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यातको आकार ठूलो हुन पुगेको बताए। ‘गत आर्थिक वर्षको तुलनामा चालु वर्ष निर्यातमा उत्साहजनक ढंगले वृद्धि भइरहेको छ,’ उनले भने ।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा १९ अर्ब ३६ करोड रुपैयाँको प्रशोधित भटमासको तेल निर्यात भएको छ । त्यस्तै सोही अवधिमा ४ अर्ब ६३ करोड मूल्यको प्रशोधित सूर्यमुखी तेल निर्यात भएको छ ।

३ अर्ब ९६ करोड मूल्यको जुस विदेश निर्यात भएको छ । त्यस्तै गरी ३ अर्ब १२ करोड मूल्यको फलाम तथा फलामका सामग्री निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

१ अर्ब ६० करोड मूल्य पर्ने सिन्थेटिक यार्न र १ अर्ब ४७ करोड मूल्यको विभिन्न प्रकारका कपडा निर्यात भएको छ । सोही अवधिमा १ अर्ब २२ करोड रुपैयाँ मूल्यको पशु आहारको कच्चा पदार्थ पिना, चोकर र भुस निर्यात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय