काठमाडौं– डिजिटल वालेट आइएमई पेले युएईबाट बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

‘बोटिम’ एपमार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारीअन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीमा थप उत्साह थप्न मदत गर्ने विश्वास कम्पनिले राखेको छ ।

यही फाल्गुन १५ देखि चैत्र १५ सम्म लागू हुने अफरअन्तर्गत नेपाली १० रुपैयाँ वा त्योभन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् ।

आइएमई पेमा विदेशको कुनै पनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय